दफा ६४
कब्जा गरिएका मालवस्तुको व्यवस्थापन
(१) यस ऐन बमोजिम सजाय हुने कसुरसँग संम्बन्धित भई कब्जा गरिएका र धनी पत्ता नलागेका वन पैदावार औजार, हतियार, सवारी साधन, चौपाया लगायतका मालवस्तुको हकदार कुनै भए हकदाबी गर्न आउनु भनी अनुसन्धान अधिकृतले सबैले देखे ठाउँमा सात दिनको म्याद दिई सूचना टाँस गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको मालवस्तु उपर हकदाबी परेमा निर्णयको लागि मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिमको मालवस्तु उपर हकदाबी नपरेमा वा हकदाबी नपुग्ने ठहरी फैसला भएमा त्यस्तो मालवस्तु नेपाल सरकारको हुनेछ।